
काठमाडौं, मंसिर १७ । राजस्व अनुसन्धान विभागले झुटा बिल बिजक बनाई राजस्व छली गरेको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथी उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।
विभागले विभिन्न फर्म तथा व्यक्तिमाथी ४१ करोड ३ लाख विगो असुल उपर गरि जरिवाना र कैद सजायको माग सहित ५ वटा मुद्धा दायर गरेको जनाएको छ ।
झुटा बिल बनाई राजस्व छली गर्ने उदयपुर त्रियुगा नगरपालिका स्थित राउत ट्रेड कन्सर्नका कमल बहादुर राउत समेतलाई गरि ४ करोड १६ लाख जरिवाना र कैद मागदाबी सहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको विभागले जनाएको छ ।
यस्तै दोलखा जील्ला स्थित तामाकोशी गाँउपालिकास्थित पि आर के ट्रेड कन्सर्नलाई ५ करोड ५६ लाख मागदाबी र जरिवाना, बारा जील्ला स्थित परवानीपुरका मिनजा ईन्टरनेशनल प्रा. ली का रामबाबु सहानीबाट २ करोड १९ लाख जरिवाना र बिगो मागदाबी सहित मुद्धा दायर गरेको विभागले जनाएको छ ।
पर्साको क्रेटा ईन्टरप्राईजेजलाई ८ करोड २४ लाख तथा रमण कन्सट्रक्सन प्रा.लीलाई २० करोड ८७ लाख मागदाबी सहित मुद्धा दायर गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्