१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रगति गर्न नसक्ने साझालाई अब छैन सहयोग : मन्त्री अर्याल


0
Shares

काठमाडौं, मंसिर १७ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताउनुभएको छ ।

साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधैं पैसा दिन नसक्ने बताउनुभएको हो ।

आफू मन्त्री भएदेखि नै १५/१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अव थप पैसा दिन नसक्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गर्नुभयो ।

त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिनुभयो ।

भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उहाँले निर्देशन दिनुभयो ।

पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताउनुभयो ।

उहाँले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिनुभयो ।

साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताउनुभयो ।