
काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।
उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।
पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको थियो ।
आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुनेछ ।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ ।
उहाँ तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ ।
यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्