२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश १ मा ९२ जना संक्रमित थपिए


0
Shares

विराटनगर, मंसिर १७ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई/दुई र पाँचथरमा एकजना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ ।

प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

निको हुने सङ्क्रमितमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट छ र विराट मेडिकल कलेजबाट एक जना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।