१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हुम्ला विमानस्थलमा लागेको आगो नियन्त्रणमा


0
Shares

humla airport tourched

सिमकोट, मंसिर १८ । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो दुई घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा लिइएको छ ।

बिहीबार बिहान ५ बजे लागेको आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका हुनुभएको छ । उहाँको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको जनाइएको छ ।