१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पार्टीभित्रको संकटबारे भलाकुसारी


0
Shares

KP Bidhya meeting

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो ।

पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्नुहुन्छ । यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उहाँ शितलनिवास जानुभएको हुनसक्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा हुनुहुन्छ । अर्का अध्यक्ष दाहालले उहाँमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उहाँमाथि संकट चुलिएको हो ।

दाहालको प्रतिवेदनको जवाफ फर्काउनुभएका ओलीले दुबै प्रतिवेदन पार्टीमा थप छलफल नहोस् भन्ने चाहना राखे पनि अरु नेता विपक्षमा भएकाले त्यो प्रयास विफल भएको छ ।

दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा उहाँ उपस्थित नै हुनुभएन । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।