२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


संघीय सरकारविरुद्ध प्रदेश २ ले हाल्यो सर्वोच्चमा रिट, अधिकारक्षेत्र मिचेको आरोप


0
Shares

provience 2 against center government

काठमाडौं, मंसिर १८ । प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले सर्वोच्चमा रिट निवेदन दर्ता गराएको हो । प्रदेश २ सरकारले संघविरुद्ध दर्ता गराएको यो दोस्रो रिट हो ।

प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको हो । रिटको पेशी मंसिर २६ मा तोकिएको छ ।

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै रिट दर्ता गरिएको हो ।