
इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध गर्दै पुत्ला दहन गरेका हुन् ।
नेविसंघले सरकार निरंकुश भएको र प्रहरीलाई विपक्षीविरुद्ध परिचालन गरेको आरोप लगाएका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारले अनेक बहानामा जनतालाई दु:ख दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्