१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा महिला हिंसाका घटना बढ्यो : महिलामन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं, मंसिर १८ । महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेको बताउनुभएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहांले न्यायिक समितिले काम गर्न नसक्दा घटनाहरु बढेको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको गुनासो गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले लैंङ्गिक हिंसा सम्बन्धी विषयलाई पाठ्यक्रममा राख्नुपर्ने बताउनुभयो ।

नेपाल संयुक्त राष्ट्र संघको महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्धको अभिसन्धीको पक्ष राष्ट्र पनि हो ।

सरकारले हालै मात्र तेजाब आक्रमण र यौनजन्य हिंसा अन्त्य गर्न अध्यादेश नै जारी गरेको छ ।