१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुर्खेतमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै र्‍याली


0
Shares

सुर्खेत, मंसिर १८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वतन्त्र राष्ट्रवादी नागरिकको अगुवाइमा राजा आउ देश बचाउको नारा लागेको छ ।

नेपाललाई राजनीतिक आन्दोलनबाट गणतन्त्र र धर्म निरपेक्ष बनाइएको भएपनि राजावादीहरुले देशमा राजसंस्थाको पुर्नस्थापना गर्नुपर्ने र हिन्दु राष्ट्रको घोषणा गर्नुपर्ने नारा लगाइएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य मुकुन्दश्याम गिरीले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको हिन्दु राष्ट्र बनाउनु पर्ने बताउनुभयो ।

सुर्खेतको कालुन्चोकबाट निकालिएको र्‍याली दैलेख रोडहुँदै मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थान, टेम्पोपार्क हुँदै वीरेन्द्रचौकमा सभामा परिणत भएको थियो ।