२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


म्याराडोनाको नामबाट रंगशालाको नामाकरण


0
Shares

काठमाडौं, मंसिर २० । इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण गरेको छ ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गत नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो ।

उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए ।

अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ ।

नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ ।

नापोलीका मालिकले म्याराडोनाको निधनपछि खुला पत्र लेखेर रंगशालाको नाम उनको सम्मानमा उनकै नामबाट राख्न प्रस्ताव गरेका थिए ।

नापेल्सका मेयरले पनि त्यसको समर्थन गरेका थिए ।