१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायत र ईयू वार्ताका लागि सकारात्मक


0
Shares

काठमाडौं, मंसिर २० । बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार समझौताका लागि अझै वार्ता हुन सकेको छैन ।

दुवै पक्षले वार्ताका लािग विभिन्न सर्त अघि सारेकाले वार्ताको वातावरण सहज हुन नसकेको बताएका हुन् ।

उनीहरुले वार्ताको वातावरण अझै नबनेकाले थप गृहकार्य बाँकी रहेको स्पष्ट पारेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेन र प्रधानमन्त्री बोरिस जोनसनले वार्ताको वातावरणका लागि पुन छलफल गर्ने बताइएको छ ।

युरोपियन युनियनमा आवद्ध राष्ट्रहरुको आर्थिक सहायता र तीन देशका कानुनको पालान लगायतका विषयमा थप छलफल गर्नुपर्ने वार्ता टोलीका सदस्यहरुले जनाएका छन् ।

दुवै पक्षबीच डिसेम्बरको अन्त्यसम्ममा सम्झौता नभए विश्व व्यापार संगठनको सदस्य बन्न नपाउने भएका छन् ।

बेलायतले गत जनवरीदेखि ब्रेक्जिटबाट बाहिरिएको घोषणा गरेको थियो । (एजेन्सी)