
बर्दिया, मंसिर २० । बर्दिया गुलरियामा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
नेपालगञ्जदेखि राजापुर जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भएर खैरापुरमा दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जनाको अवस्था गम्भिर भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्