१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला जन प्रतिनिधिद्वारा सामुहिक आलु खेती


0
Shares

पाल्पा, मंसिर २० । पाल्पाको रामपुर नगरपालिकाका महिला जन प्रतिनिधिहरुले सामुहिक रुपमा व्यावसायिक आलु खेती गर्न थालेका छन् ।

७ जना जना महिला प्रतिनिधिले संयुक्तरुपमा कृषि कार्यालयको सहयोगमा ५ रोपनी क्षेत्रफलमा उन्नत जातको बिउको प्रयोग गरी आलु खेतीको सुरुवात गरेका हुन् ।

खाद्यान्न तथा तरकारी उत्पादनका लागि उर्वर भूमिको रुपममा रहेको रामपुर फाँटमा नगरका कार्यपालिका सदस्यहरुले समय अनुसार मौसमी, बेमौसमी तरकारी खेति गर्ने उद्देश्य राखेका छन् ।

महिलाहरुको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले महिला जन प्रतिनिधिहरुले कृषिको व्यावसायिकरणकालागि जोड दिएका हुन् ।

बजारमा माग बढेपछि आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय सरकारको कृषि शाखामार्फत नयाँ कार्यको थालनी गरीएको हो ।