२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यक्ष ओलीको उपस्थिति बिनै शुरु भयो नेकपा स्थायी कमिटी बैठक, कडा सुरक्षा प्रबन्ध


0
Shares

NCP standing meeting

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुरु भएको छ ।

कडा सुरक्षा घेराबीच शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नै उपस्थित हुनु भएको छैन ।

आफ्नो अनुपस्थितिको कारण भने प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण उच्च भएकाले आउन नसक्ने बताउनुभएको दाबी गरिएको छ ।

ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा स्थायी कमिटी बैठक चलेको छ ।

एक जना अध्यक्ष उपस्थित नभएर पनि अर्का अध्यक्षले औपचारिक बैठक चलाउनुभएको यो पहिलो पटक हो ।

उता, सुरक्षा चुनौती बढेको भन्दै नेकपा पार्टी कार्यालय धुम्बाराहीमा कडा सुरक्षा प्रबन्ध गरिएको छ । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको टोली खटाइएको छ ।