२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा कार दुर्घटना हुँदा एक युवतीको मृत्यु, तीन जना घाइते


0
Shares

car accident and death

काठमाडौं, मंसिर २१ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा कार दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् ।

शनिबार राति बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ भएको परिसरले जनाएको छ ।

घाइते हुनेमा कार चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक–४ गाम्चा का २७ वर्षीय सुदप थापा रहेको र उनीहरु विहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।