५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


६१ वर्षीया हजुरआमाले समलिंगी छोराका लागि जन्माइन् नातिनी !


0
Shares

61 years women gave her grand child for her son

एजेन्सी, मंसिर २१ । अमेरिकामा एक ६१ वर्षीया महिलाले नातिनीको जन्म दिएकी छिन् ।

उनले आफ्नो समलिंगी छोरा र उनका पतिका लागि सरोगेट आमाका रुपमा बच्चा जन्माइदिएकी हुन् ।

बच्चा जन्मिएपछि परिवारमा खुशीको सीमा नरहेको जनाइएको छ ।

सेसिल एलेगले आफ्नो समलिंगी छोरा मैथ्यू एलेग र उनका पति एलियट डफर्टीको छोरी आफ्नो कोखमा राखेको र गत हप्ता बालिका उमा लुईसलाई जन्म दिएको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

आफ्नो छोरा मैथ्यू र एलियटले विवाह गर्ने निर्णय गरेपछिसरोगेट बच्चा जन्माइदिने निर्णय लिएको सेसिलले बताएकी छिन् ।