
काठमाडौं, मंसिर २१ । केही समयदेखी उकालो लागेको शेयर बजार आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
आइतबार शेयर बजार हालसम्मकै उच्च १ सय २३ अंकले ओरालो लागेको छ ।
नेप्से सूचक सेन्सेटिभ ईन्डेक्स ६ प्रतिशतसम्म ओरालो लागेपनि बजार बन्द हुनु अगावै दिँउसो सवा २ बजे आइतबारका लागि कारोबार बन्द भएको थियो ।
यसदिन कारोबार भएका सबै समुह ओरालो लागेका छन् ।
आइतबार ४ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ६९ कम्पनीको शेयर मूल्य घटेको छ ।
निर्जिवन बिमा समुहमा सबैभन्दा उच्च ५ सय ६९ अंकले गिरावट आँउदा उत्पादनमुलक समुह ३ सय ६४ अंक र लघुवित्त समुह २ सय २४ अंकले ओरालो लागेको छ ।
व्यापार समुह १ सय ५९ अंकले ओरालो लाग्दा होटल, विकास बैंक, वित्त,अन्य, वाणिज्य बैंक, जलविद्युुत समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन १ सय ९७ कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर ७ अर्ब २० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्