
बुटवल, मंसिर २१ । रुपन्देहीमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलमा रहेको कोरोना अस्थायी अस्पताल र भैरहवास्थित भिम अस्पतालमा १/१ गरी २ जनाको मृत्यु गएको हो ।
सैनामैना नगरपालिका–१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनलाई मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो ।
यस्तै भैरहवामा उपचाररत तिलोत्तमा नगरपालिका–१४ का ८४ वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिनुभयो ।
मृतक पुरुषमा मंसिर १० गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्