
काठमाडौं, मंसिर २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पत्रै पठाएर पार्टी स्थायी कमिटी बैठकमा अनुपस्थित हुनुभयो ।
आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपमाथि छलफल गर्न बैठक बस्ने भएकाले त्यस्तो बैठकमा उपस्थित हुन नसक्ने ओलीले स्थायी कमिटीका सदस्यहरुलाई जानकारी गराउनुभएको हो ।
२८ कात्तिकमा अध्यक्ष दाहालले पार्टी सचिवालयमा पेश गरेको १९ पृष्ठको प्रस्तावलाई ओलीले लाञ्छना पत्रको संज्ञा दिँदै आउनुभएको छ । र, यसबारे पार्टीको कुनै कमिटीमा छलफल गर्न नसकिने उहाँको अडान छ ।
दाहालको प्रतिवेदनलाई जवाफ फर्काउनकै लागि ओलीले पनि १३ मंसिरमा ३७ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा पेश गर्नुभएको थियो ।
ओलीको अडान विपरित शनिबार २० मंसिरमा बसेको सचिवालय बैठकले दुबै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेपछि ओलीले आफै अध्यक्ष रहेको स्थायी कमिटीको बैठक नै बहिष्कार गर्नुभएको हो ।
तर बैठकमा ओली पक्षीय सचिवालय र स्थायी कमिटी सदस्यहरु भने उपस्थित हुनुभयो । अध्यक्ष ओलीले पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाउनु भएको थियो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफू अनुपस्थित हुनाको कारण उल्लेख गरेर पत्र पठाएको जानकारी दिनुभयो ।
आफू उपस्थित नभए पनि बैठकले उपयुक्त निकास दिने विश्वास उहाँले व्यक्त गर्नुभएको पनि छ ।
यस्तो छ ओलीले पठाएको पत्रः


प्रतिक्रिया दिनुहोस्