१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा ८७ करोडको लागतमा सिटीहल बन्ने


0
Shares

चितवन, मंसिर २१ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० मा सिटीहल निर्माण हुने भएको छ ।

जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको ४ विगाहा क्षेत्रफल रहेको जग्गामा इन्डो सगुन जेभी कम्पनी बुटवलले निर्माण गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार आगामी २७ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ ७२ पैसामा सिटीहल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नु्पर्ने शहरी विकास डिभिजन कार्यालयका इन्जिनियर माधव कटुवालले जानकारी दिनुभयो ।

२ हजार जनाको क्षमता भएको एउटा ठूला सभाहल र ३ सय जनाको क्षमता भएको अर्को सानो हल गरि मुख्य दुई वटा हलहरु रहने र मुख्य गेट बाइपास रोडतर्फ फर्काएर निर्माण गरिने बताइएको छ ।