१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नायिका श्वेताको विवाहः मेहेन्दी समारोहमा मस्ती


0
Shares

Sweta khadka wedding

काठमाडौं, मंसिर २२ । अभिनेत्री श्वेता खड्काको सोमबार विवाह सम्पन्न हुँदैछ ।

श्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । केही समयदेखि प्रेममा रहेका उनीहरु मंसिर २२ को शुभ लगनमा विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सीमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा खड्का र रावतले लगनगाँठो कस्न लागेका हुन् ।

श्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।

‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली सिनेजगतमा प्रवेश गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि २०७१ साल असार २३ गते उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

तर श्रीकृष्ण श्रेष्ठको विवाहको एक महिनापछि साउन २५ गते उपचारका क्रममा निधन भएको थियो ।

यसबीचमा सामाजिक काममा समेत लागेकी श्वेता अन्ततः दोस्रो विवाह गरेर घरजम गर्ने निर्णयमा पुगेकी हुन् ।

तस्वीरः श्वेता खड्काको फेसबुक पेज
https://www.facebook.com/shwetakhadkaofficialnp