
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाउनुभएको हो ।
थापाले आफ्नो ट्वीटरमार्फत् भन्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’
यसअघि गत बैशाख ३१ मा प्रधानमन्त्रीले भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि उब्जिएको परिस्थितिबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बैठकका लागि बोलाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्