
चितवन, मंसिर २२ । नागरिकताको प्रतिलिपि लिन चितवनका नागरिकले सास्ती खेप्नु परेको छ ।
सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले टोकन बाँड्ने र टोकन अनुसार सेवा पाउने नियम लागु गरेपछि उनीहरुले दःुख पाएका हुन् ।
टोकन नपाउने हो की भन्ने चिन्ताले सेवाग्राही बिहानै प्रशासन कार्यालय पुग्ने गरेका छन् ।
कोरोना संक्रमण हुन नदिन भौतिक दुरी कायम राख्नुपर्ने भएपनि त्यसो हुन सकेको छैन ।
प्रतिलिपिका लागि प्रशासन कार्यालय धाउनेमा अधिकाँश बृद्धबृद्धाहरु रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राष्ट्रिय परिचय पत्र बनाउँदा नागरिकतालाई स्क्यान गरी अभिलेख राख्नुपर्ने भएका कारण प्रतिलिपि लिन आउने र नयाँ लिन आउनेहरुको भिड बढेको बताउनुभयो ।
राष्ट्रिय परिचय पत्रका लागि सवै कुरा प्रष्ट बुझिनेगरी नागरिकता आवश्यक पर्ने हुँदा प्रतिलिपि तथा नयाँ नागरिकता लिनेहरुको भिड बढेको हो ।
प्रतिक्रिया दिनुहोस्