
काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।
थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३४४, ललितपुरमा ६७ र भक्तपुरमा ३१ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्