१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ताप्लेजुङमा चिसो बढेसँगै गोठ सार्दै गाउँमा


39
Shares

ताप्लेजुङ, मंसिर २२ । ताप्लेजुङको उच्च क्षेत्रमा चिसो बढेसँगै भेडीगोठ औलतर्फ झर्न थालेका छन् ।

चैत, बैशाखदेखि क्रमशः माथिल्लो क्षेत्रमा सारिने गोठ मध्य वर्र्षामा झण्डै ४ हजार मीटरभन्दा माथी पर्ने खर्कहरुमा पुर्‍याउने गरिन्छ भने कार्तिकदेखि मंसिरसम्ममा गोठ सार्दै गाउँघर मै ल्याउने गरिएको छ ।

कार्तिकदेखि चिसो बढ्दै जाने भएकाले भेडी गोठ औल तथा न्यानो क्षेत्रमा सार्ने गरिएको हो ।

प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् ।

बहुउपयोगी भेडाको उन कम्मल, राडी, स्विटर बनाउन प्रयोग गरिन्छ ।

पछिल्लो समय खर्क र जनशक्तिको अभावका कारण भेडी गोठहरु घट्दै गएका छन् ।

ताप्लेजुङको याम्फुदिन, फावाखोला, खेवाङ, कालीखोला, लिङ्खिमलगायतका किसानले भेडा पाल्ने गरेका छन् ।