२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालबाट इजरायल ‘केयर गिभर’का लागि कामदार लैजाने तयारी


130
Shares

काठमाडौं, मंसिर २३ । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने जानकारी दिनुभयो ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनोटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताउनुभयो ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले बताउनुभयो ।

सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् ।

यस्तै नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् ।