१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्वोच्च अदालतद्वारा जग्गा कित्ताकाट फुकुवाको सरकारी निर्णय खारेज


0
Shares

supreme court order to government

काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न रोक लगाइदिएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलाशले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो ।

जग्गा कित्ताकाट फुकुवाको मन्त्रीस्तरीय निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीसमेतले दिएको रिटमा निर्णय गर्दै सर्वोच्चको संयुक्त इजलाशले मंगलबार यो आदेश दिएको हो ।

रिटमा भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

२६ साउन २०७४ मा भूमि व्यवस्था मन्त्रालयको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

तर गत १८ भदौमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले उक्त निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेको थियो ।