२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा सामान्य गिरावट


0
Shares

काठमाडौं, मंसिर २३ । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ ।

यसदिन तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ९ अंकले ऋणात्मक रहेर १९ सय ९५ कायम भएर थामियो ।

कारोबारको शुरुवाती समयमा उकालो लागेर २ हजार ४५ अंकमा पुगेको नेप्से त्यस यता ओरालो लागेको हो ।

यस दिन कारोवार पनि पछिल्ला औसत दिनका तुलनामा कम रह्यो ।

आइतबार अस्वभाविक रुपमा १ सय २३ अंकले घटेको बजार सोमवार ७२ अंकले उकालो लागेको थियो ।

मंंगलबारको बजारलाई भने लगानीकर्ताहरुले सामान्य करेक्सनको रुपमा लिएका छन् ।

यस दिन अधिकांशजसो समूह ओरालो लागे ।

निर्जिवन बिमा समूह सबैभन्दा उच्च १ सय ३१ अंकले ओरालो लाग्दा जिबन बिमा समूह पनि १ सय २० अंकले घट्यो ।

यस्तै उत्पादनमूलक समुह १ सय ४ अंकले ओरालो लाग्यो ।

यस दिन जलविद्युत समूह भने ८३ अंकले उकालो लाग्यो ।

सामुहिक लगानी कोष मात्र हरियो रह्यो ।

यस दिन४० कम्पनीको शेयर मुल्य बढ्दा १ सय २३ कम्पनीको मुल्यमा गिरावट आयो ।

१० कम्पनीको मुल्य स्थीर रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २ कम्पनीको १ करोड २४ लाख कित्ता शेयर ५ अर्ब ६७ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।