२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश १ मा १६५ जना संक्रमित थपिए


0
Shares

विराटनगर, मंसिर २३ । प्रदेश १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, सङ्खुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर र उदयपुरमा एकरएक र प्रदेश बाहिरका नौ जना रहेका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २८ हजार ४१५ पुगेको छ ।

प्रदेशमा मंगलबार होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट ९७ सङ्क्रमित निको भई घर फर्केका छन् भने निको हुनेको सङ्ख्या हालसम्म २३ हजार ३४३ पुगेको छ ।

यस प्रदेशमा हालसम्म एक लाख ९७ हजार ६३८ को पिसिआर परीक्षण भएको छ ।