१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपेक्षा अनुसारको काम गर्न नसकेको मेयर शाक्यद्धारा स्वीकार


0
Shares

काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।

मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष महानगर र मेयरले पाइरहेको टिप्पणी गर्नुभयो ।

महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यको भनाइ छ ।

मेयर शाक्यले काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।