
चितवन, मंसिर २४ । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ ।
कोरोना र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो ।
आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको अवधिमा संकलित राजश्वको तुलनामा ५२ प्रतिशतले कम राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्ष २०७७/०७८ को कार्तिक सम्म जम्मा ४ अर्ब ९२ करोड बढी राजश्व असुली भएको छ ।
जवकी गत बर्ष यही अवधिमा १० अर्ब २७ करोड बराबर संकलन भएको थियो ।
यस्तै चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकमा ६ अर्ब ५ करोड लक्ष्य दिएकोमा ८१ दशमलव ४३ प्रतिशत संकलन भएको छ ।
राजश्व असुलीमा सवैभन्दा बढी योगदान अन्तः शुल्कले दिएको छ ।
चालु आर्थिक बर्षको यो अवधिमा यो शीर्षकबाट मात्रै ३ अर्ब ६७ करोड बराबर संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्