
एजेन्सी, मंसिर २५ । क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
योसँगै खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ । उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसअघि सो खोपलाई स्वीकृति प्रदान गरेको बेलायतमा खोप लगाउने अभियान गत मंगलबारबाटै थालनी भइसकेको छ ।

अमेरिकाले पनि आउँदो हप्तासम्ममा उक्त खोपलाई स्वीकृति दिनसक्ने जनाइएको छ ।
यो महिनामा खोपका दुई लाख ४९ हजार डोज पाउने अपेक्षा क्यानडाको छ ।
शुक्रबार बेल्जियमबाट खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान थाल्ने अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्