१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मंसिर २९ गते सडकमा आउन कार्यकर्तालाई नेपाली कांग्रेसको आह्वान


0
Shares

congress padadhikari meeting

काठमाडौं, मंसिर २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी प्रदर्शनमा सडकमा आउन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई सडकमा आउन आह्वान गरेको हो ।

वर्तमान र पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भएको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो ।

गत शुक्रबारको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपकड, सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।

२९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।