१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षक हत्यामा संलग्नलाई कार्वाही गर्न कांग्रेसको माग


0
Shares

congress demend

काठमाडौं, मंसिर २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेकपाले गरेको शिक्षक हत्याको भर्त्सना गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिष्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिष्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिष्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’

कांग्रेसले नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण मार्गमा आउन पनि आग्रह गरेको छ ।

२३ मंसिर मंगलबारका दिन मोरङमा विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या गरेको थियो ।

कांग्रेस बैठकमा क्रियाशील सदस्यता र जनसम्पर्क समितिबारे पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।