१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ मा सडक मर्मत हुन सकेन


0
Shares

बारा, मंसिर २५ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रदेश–२ मा पर्नेे सडकहरु मर्मत हुन छाडेको छ ।

पथलैया निजगढ दु्रत मार्ग ६ लेन बन्ने चर्चाले सडकमा सामान्य मर्मत नहुंदा दूर्घटनाको जोखिम बढेको छ ।

अन्य प्रदेशको तुलनामा प्रदेश नं २ मा मोटरसाइकल तथा अन्य सवारी दूर्घटनामा ज्यान गुमाउनेको संख्या बढी रहेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षमा भएको १७ सय १९ सवारी दुर्घटनामा १ सय ९९ को मृत्यु भएको छ ।

तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा पूर्व पश्चिम महेन्द्रराजमार्ग निर्माण भएको थियो ।

सडक विभाग बारा पर्सा कार्य क्षेत्र रहेको बागमती प्रदेशका सडक प्रमुख खडगलाल श्रेष्ठले भने सडकको मर्मत सम्भार भइरहेको जानकारी दिनुभयो ।