
फाइल तस्वीर।
चितवन, मंसिर २५ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट आफू सभापति बनेको हेर्ने चाहना कार्यकर्तामा रहेको दाबी गर्नुभएको छ ।
बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने टुङ्गो लागिनसके पनि कार्यकर्ताको चाहना भने आफूलाई सभापति बनेको देख्ने रहेको जिकीर गर्नुभयो ।
कोइरालाको भनाइ थियो, ‘कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’
महामन्त्री कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोधका काम बाँकी रहेकाले १४ औं महाधिवेशन फागुनमा सम्भव नभएको पनि बताउनुभयो ।
महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्