१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र स्थापना


0
Shares

झापा, मंसिर २५ । झापाको मेचीनगर–८ इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

महेन्द्रद्वार सहकारी संस्थाको अगुवाइमा तयार गरिएको जडिवुटी प्रशोधन केन्द्रमा एक करोड २३ लाखको लगानी रहेको छ ।

जसमा प्रदेश–१ सरकारका ७५ लाख सहयोग रहेको छ ।

औषधिजन्य वनस्पतीहरु प्रशोधन गर्ने गरी सहकारीले आठ कठ्ठा जमिन खरिद गरि प्रशोधन केन्द्र स्थापना गरेको हो ।

प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो र भूमि व्यवस्था राज्यमन्त्री रामबहादुर राना मगरले प्रशोधन केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।