
हेटौंडा, मंसिर २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि सर्वपक्षिय सम्मेलन गर्न माग गर्नुभएको छ ।
बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह हलो तथा झण्डा अनावरण गर्दै उहाँले सर्वपक्षिय सम्मेलनको माग गर्नुभएको हो ।
अध्यक्ष थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक रहेको जिकिर गर्नुभयो ।
उहाँले नेपाली जनताको अभिमतबाट,राजनीतिक दल, नागरिक समाज र बुद्धिजीबीहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने भन्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने उल्लेख गर्नुभयो ।
अध्यक्ष थापाले गणतन्त्र,धर्म निरपेक्षता र संघीयता विदेशिको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो बिषय बुझ्दै गएको बताउनुभयो ।
उहाँले राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्