१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धुलिखेल नगरपालिकामा ई-पेमेन्ट


0
Shares

काभ्रे, मंसिर २५ । धुलिखेल नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली अर्थात ई–पेमेन्ट सिस्टमको सुरुवात गरेको छ ।

नगरप्रमुख अशोक ब्याञ्जुले आफुले नगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।

सेवा शुभारम्भसँगै नगरवासीले नगरपालिकामा तिर्नुपर्ने सम्पतिकर, व्यवसायकर, घर बहालकर लगायतका कर अब अनलाईन प्रणाली मार्फत भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा सुरु गर्ने धुलिखेल नगरपालिका देशकै दोस्रो स्थानीय तह बनेको छ ।

यसअघि धरान उपमहानगरपालिकाले अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको थियो ।

स्मार्ट सिटीको योजना सहित विभिन्न काम गर्दै आएको धुलिखेल नगरपालिकाको यो अर्को सफलता भएको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।