
काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा परेका छन् ।
फिफाका अनुसार यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको हो ।
लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए ।
लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्