
काठमडौं, मंसिर २७ । कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला काठमाडौंको मनमैंजुमा रक्तदान कार्यक्रम गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं मनमैंजुले रक्तदान कार्यक्रम आयोजना गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालयमा गरिएको रक्तदानमा क्लबका पदाधिकारीका साथै स्थानीय व्यक्तिहरु रक्तदानमा सरिक भएका थिए ।

लायन्स क्लब अफ काठमाडौं रोजमेरीसमेतका सहआयोजनामा गरिएको रक्तदानमा करिब तीन दर्जन स्वयंसेवीले रक्तदान गरेको क्लबका प्रथम उपाध्यक्ष विनोद मिश्रले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ काठमाडौं मनमैंजुले यसअघि पनि यस्ता अनेकन सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

लायन्स क्लबहरुमै उत्कृष्ट कार्यका लागि पुरस्कृत यस क्लबले समाजको अत्यावश्यक क्षेत्रमा पुगेर समाजिक कार्यहरु पनि गर्दै आएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्