१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा एकै दिन घट्यो चार डिग्री सेल्सियस तापक्रम, तराईमा कुहिरोको कहर


0
Shares

weather increasing cold

काठमाडौं, मंसिर २८ । पुष महिना शुरु हुनै लाग्दा काठमाडौंमा तापक्रम ओरोलो लाग्ने क्रम पनि त्यत्तिकै छ ।

आइतबार काठमाडौंमा यस वर्षकै धेरै चिसो मापन गरिँदा तापक्रम पनि एकै दिन चार डिग्रीले झरेको छ ।

आइतबार बिहान काठमााडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झरेको हो । जबकी शनिबार न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

उता, तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ । निकै दिनदेखि घाम देख्न नपाउँदा धेरै स्थानको जनजीवन कष्टकर बनेको छ । चिसो बढ्दा घाम लाग्न नसकेको मौसमविद् विभूति पोख्रेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम यस्तो रहने छ,

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा  आंशिक बदली रहने छ।

राती:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

मंसिर २९ गते (सोमबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 मंसिर ३० गते (मंगलबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तराईका अधिकांश  भु-भागमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु  हुन सबैमा अनुरोध छ