
काठमाडौं, मंसिर २८ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पार्टी भित्रको अहिलेको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने स्पष्ट पार्नुभयो ।
पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनैपनि समस्याको समाधान हुन नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो दस्तावेज आरोप पत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने बताउनुभयो ।
दुई अध्यक्षमध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको मन्त्री श्रेष्ठले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्