१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पल्सर स्पोर्टस अवार्ड पुस २८ मा


0
Shares

काठमाडौं, मंसिर २८ । पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २८ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को मिति सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सेमी भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

वि.स. २०६२ सालदेखि नियमित रुपमा खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतियोगिता भुकम्पका कारण वि.स. २०७२ सालमा एक संस्करण स्थगित भएको थियो ।

यस वर्ष अवार्ड अन्तर्गत १० विधामा पुरस्कार वितरण गरिनेछ ।

उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट र टिम अफ द इयर गरि ९ विधामा खेलाडी, प्रशिक्षक र पुराना खेलाडीलाई सम्मानित गरिनेछ ।

यस्तै गत वर्ष थपिएको ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष समेत निरन्तरता दिईने मञ्चले जनाएको छ ।

अघिल्ला वर्ष जस्तै वर्ष पुरुष, वर्ष महिला, पिपल्स च्वाईस र प्रशिक्षकका चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।