
काठमाडौं, मंसिर २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा आर्थिक क्रान्तिको शुरुवात गर्न नसकिएको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने गलत सन्देश प्रवाह गर्न खोजिएको धारणा राख्नुभयो ।
राजनीतिक पार्टीहरु र नेताहरु बीच देखिएको असन्तुष्टिले फेरि पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने उहांको भनाइ थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीहरुका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
महासंघले मंसिर २९ र २० गते पनि कला प्रदर्शनी तथा अन्य विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा हस्तकला दिवस मनाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्