
ताप्लेजुङ, मंसिर २८ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाई नि:शुल्क गरिएको छ ।
गाउँपालिका भित्रका सबै विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई यसै वर्षदेखि निशुल्क पढाइने भएको हो ।
निशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यविधि आज बसेको कार्यपालिका बैठकले पारित गरेको हो ।
संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका जनतालाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्धेश्यले निशुल्क पढाईको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्