७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपत्यकाका अधिकांश विद्यालयमा पठन-पाठन शुरु


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, मंसिर २८ । विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएसँगै ९ महिनायता बन्द भएका विद्यालयहरु खुल्न थालेका छन् ।

काठमाडौं उपत्यकाका केही स्थानीय तहमा पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालयहरु पनि सञ्चालनमा आएका छन्, यसबाट पठनपाठन प्रभावकारी रुपमा अघि बढ्ने देखिएको छ ।

९ महिनापछि विद्यालयमा उपस्थित भएर अध्ययन गरिहेका विद्यार्थीको अनुभव छ ।

माथिल्ला कक्षाहरुमा भौतिक रुपमा कक्षा सञ्चालन भएपनि पुस पहिनादेखि आधारभूत तहदेखि विद्यालय खोल्ने योजनामा उपत्यकाका विद्यालयहरु छन् ।

अभिभावकको सहमति र विद्यालय सञ्चालनको खाका स्थानीय तहमा पेश गरेपछि विद्यालयमा पठन पाठन सुरु गरिएको हो ।

सञ्चालनमा आएका विद्यालयमा भौतिक दूरी कायम राख्दै सुरक्षा सावधानी अपनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रले ३० प्रतिशत पाठ्यक्रम समायोजन गरे पनि वैकल्पिक माध्यमबाट सिकाइ उपलब्धि कम हुँदा शैक्षिक सत्रमा कोर्ष पूरा गर्नुपर्ने चुनौती छ ।

जसका लागि भौतिक रुपमा कक्षा र वैकल्पिक माध्यमबाट समानान्तर रुपमा पढाइ गर्ने तयारीमा विद्यालयहरु छन् ।

भर्चुअल माध्यमबाट प्रभावकारी नभएको र कम समयमा छुटेको कोर्षको अध्यापन गराउन शिक्षहरुलाई पनि चु्नौती छ ।

उपत्यकाका बुढानिलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, तारकेश्वर, चन्द्रागिरी लगायतका नगरपालिकामा विद्यालय सञ्चालनमा आएका छन् भने भक्तपुरका अधिकांश स्थानीय तहमा पुस पहिलो हप्ताबाट विद्यालय सञ्चालनको तयारी गरिएको छ ।

तीन लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडौ महानगरमा कसरी विद्यालय सञ्चालनमा ल्याउन सकिन्छ भनेर काठमाडौ महानगर पालिका अन्योलमा छ ।

कोभिड संक्रमण देखिएमा वा संक्रमणको जोखिम बढेमा विद्यालय पुनः बन्द हुनेछ ।

शैक्षिक सत्र खेर जान नदिएर मात्र हुँदैन अब सिकाइ उपलब्धिलाई पनि ध्यान दिन जरुरी छ ।

भिडियो हेर्नुहोस्

भिडियो : राममान डंगोल