२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा ४६ अंकको सुधार


0
Shares

काठमाडौं, मंसिर २८ । साताको पहिलो दिन शेयर बजारमा ४६ अंकको सुधार आएको छ ।

यो सँगै परिसुचक दुई हजार १० मा पुगेर थामियो ।

आइतवार व्यापार, होटल र जलविद्युत बाहेक अन्य सबै समुह सकारात्मक रहे ।

यसदिन सबैभन्दा बढी जिवन बिमा समुह ५ सय २८ अंकको बृद्धि हुदा उत्पादन समुह २ सय ७२ र निर्जिवन बिमा समुह १ सय ७४ अंकले सुधारिए ।

अरु समुहमा पनि दोहोरो अंकको सुधार आएको छ ।

यसदिन १ सय २४ कम्पनीको शेयर मुल्यमा बृद्धि हुदा तीस कम्पनीको मुल्यमा गिरावट आएको छ ।

बाँकी १९ कम्पनीको मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आइतवार दाहोरो अंकको सुधार अएपनि कारोवार रकममा भने औसतमा कमी आएको छ ।

आइतवार दुई सय दुई कम्पनीका ९ लाख कित्ता शेयर ४ अर्ब ८९ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।