१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ग्वार्कोको पेट्रोल पम्पमा आगलागी, चार वटा मोटरसाइकल पनि जले


0
Shares

lalitpur gwarko petrol pump tourched


काठमाडौं, मंसिर २८ । ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ ।
उज्वल पेट्रोल पम्पको तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको हो ।

पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा आगो लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीबाट पार्किङ गरेको ४ वटा मोटरसाइकल जलेका छन् भने ट्यांकरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

रिकेश अवाले सञ्चालक रहेको पम्पमा लागेको आगो ललितपुर महानगरपालिकाको दमकल, प्रहरी, पानी ट्याङ्कर र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ ।